Swornakshar Logo

मकवानपुरको मार्खुमा पहिरोमा पुरिएर आमा छोरीको मृत्यु

३० असार । हेटौंडा । केहि दिन देखिको भारी बर्षाका कारण मकवानपुरको मार्खुमा पहिरोले घरको केही भाग पुर्दा घरमा सुतिरहेका आमा छोरीको मृत्यु भएको छ । एक जना बुहारी भने घाइते भएकी छन् ।

पहिरो लडेको र घरको केही भाग पुरेको स्थानमा हेर्दा आमा, छोरीको सव फेला पारिएको छ । राती घर सहित पहिरोले पुरेका ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर १ मार्खुका कान्छीमाया बलामी र १८ बर्षीया छोरी बबिता बलामीको सव फेला पारिएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताए।

पहिरोमा पुरिएर अका एक जना घाइते भएका छन् । पहिरोमा पुरिनेमा पहिरोमा परी ३८ बर्षीया बुहारी बेली बलामी घाइते भएकी छिन् । गएरातीनै पहिरो लडेपनि स्थानीय वासिन्दाहरुले बिहान मात्र थाहा पाएका थिए । बिहान पख छिमेकी बलामीकोे घरै नदेखेपछी स्थानीय वासिन्दाहरुले प्रहरीलाई खबर गरेका थिए । पहिरोमा पुरिएकाहरुको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा बिहानै पुगेको थियोे । घरमाथि पहिरो आउदा घरमा रहेका उनीहरुलाई पुरेको हो ।