Swornakshar Logo

सुशिला पौडेलको उपन्यास “तृषा”को विमोचन

असार २८ । काठमाडौं । गीतकार ,गजलकार तथा कवियत्रि सुशिला पौडेलकोद्धारा लेखिएको उपन्यास आज रारधानीमा विमोचन भएको छ । उनको उपन्यास वरिष्ट चलचित्रकर्मी,उपन्यासकार,गीतकार,कवि ,संगीतकार तथा पत्रकार संचारकर्मीहरुले सामुहिक रुपमा विमोचन भएको छ । प्रेममा आधारीत उपन्यास “तृषा” आजबाट बजारमा आएको छ ।
‘ प्रेम , यौन र सामाजिक परिवेशलाई नयाँ तरिकाले प्रस्तुत गरेकी छिन् लेखकले । उनको उपन्यास “तृषा”मा समाजमा नयाँ मोडको थालनी गर्नेछ ,नयाँ चेतना छर्नेछ कार्यक्रममा उनको उपन्यासमाथि समिक्षा गर्नेहरुले बताएका छन् ।
रत्न राज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्गको कार्यक्रम हलमा भएको उक्त कार्यक्रममा वरिष्ट चलचित्र निर्देशक यादव खरेल प्रमुख अतिथि रहेका थिए ।
गीतकार संघ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा संघ अध्यक्ष तथा वरिष्ट गीतकार चुडामणि देवकोटाले सभापतित्व गरेका थिए ।