Swornakshar Logo

बाढी पहिरो अपडेटः देशभर १७ जनाको मृत्यु ,कयौ स्थानमा डुवान

२७ असार । काठमाडौं । शुक्रबार बिहानैदेखि आएको अविरल वर्षाको कारण देशभरीको जनजीवन प्रभावित बनेको छ ।

मुख्यतः तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेको छ । हालसम्म ३९ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा स्थानीयहरु प्रभावित बनेका छन् ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार हालसम्म बनेपा–३, नालामा घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् । घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।

यस्तै रामेछापमा पनि पहिरोले पुरिएर ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ ।

भोजपुरमा पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर बासिखोराका ६६ वर्षीय जगतबहादुरको मृत्यु भएको हो ।

भोजपुरकै टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको छ ।

यता ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको छ । पहिरोले पुरिँदा ११ वर्षीय बालक सरोज जिम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै पर्सामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेल रहेका छन् ।

यसैबीच मकवानपुरमा पनि एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका – ३ की बालिका सञ्चना बलामी रहेकी छन् ।

यस्तै अविरल वर्षापछि घरको पर्खाल भत्किँदा काठमाडौंको मुलानीमा ३ जनाको मृत्यु भएको छ । मृतक एकै परिवारका हुन् ।

मृत्यु हुनेहरुमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन् ।

यस्तै खोटाङमा ३ जना बेपत्ता छन् ।

बिहान ७ बजेदेखि साँझ ६ः४५ बजे सम्मको उद्धार तथा क्षतिको विवरणः