अवैध रूपमा भित्र्याइएको २९ हजार डलरसहित विमानस्थलबाट एकजना पक्राउ

२४ असार । काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले अवैध रूपमा भित्र्याइएको अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका पासाङएल्मो तामाङ छन् । उनी हङकङ मूलका नेपाली नागरिक हुन् ।
नेपाल एयरलायन्सको उडानबाट मंगलबार हङकङ जाँदै गर्दा उनी पक्राउ परेका हुन् । प्रहरीले उनको साथबाट २९ हजार ९ सय ५० अमेरिकी डलर र केही हङकङ डलरसमेत बरामद गरेको छ ।
प्रहरीले उनलाई कालो रंगको सुटकेस र खैरो रंगको हातेझोला बोकेर अन्तर्राष्ट्रिय उडानतिर जाँदै गर्दा चेकजाँचको क्रममा पक्राउ गरेको हो ।
आवश्यक अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको त्रिभुवन विमानस्थल सुरक्षा गार्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: