Swornakshar Logo

हेटौंडा उपमहानगरपालिकाले ग¥यो ह्वील चियर वितरण

२३ असार । हेटौंडा । हेटौडा उपमहानगरपालिकाले आज सोमबार शारिरिक रुपमा अपाङ्गता भएका ब्यक्तिलाई कृतिम खुट्टा, ह्वील चियर, वाकर र क्यालीफर बितरण गरिएको छ । उपमहानगरपालिकाले शारिरिक रुपमा अपाङ्गता भएका ब्यक्तिलाई आफ्नै कार्यालयमा बोलाएर साहायता समाग्री बितरण गरेको हो । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महत, उपप्रमुख मिना कुमारी लामा, हेटौंडा ७ का वडाअध्यक्ष राजन थापा लगायतकाले साहायता सामाग्री बितरण गर्नु भएको हो ।

हेटौंडा उपमहानगरपालिकाले आँखा नदेख्नेलाई सेतो छडी बितरण गरेको छ । क्रिकेट खेलाएका
छ । कोही जन्मै देखि त कोही बषौ अघिदेखि अपाङ्गता भएका कारण हिडडुल गर्न नसकेका व्यक्तिहरुलाई उपमहानगरपालिकाले सहयोग गर्दै आएको नगर प्रमुख हरिबहादुर महतले बताए ।

हेटौंडा १२ पदमपोखरीका राजकुमार घलानलाई दुबै खुट्टा, हेटौंडा ३ बसामाडीका इन्द्रबहादुर बस्नेतलाई एउटा कृतिम खुट्टा, हेटौंडा १४ उत्तरपानीका राजकुमार मोक्तानलाई एउटा कृतिम खुट्टा बितरण गरिएको महतले बताए ।
त्यसैगरी पुरा खुट्टा एक जनालाई, १० जनालाई ह्वीलचियर, एक जनालाई वाकर र एक जनालाई क्यालीफर बितरण गरिएको छ ।
उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ बराबरको सहायता समाग्री बितरण गरेको हो ।
कृतिम खुट्टा र ह्वीलचियर पाएपछी आज निकै खुसी भएका छन् ।