Swornakshar Logo

फूलैफूलको शहर बनाएको भन्दै हेटौंडाका मेयरलाई सम्मान

२० असार । हेटौडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई फूलै फूलको सहर बनाउने काममा सक्रिय रहेको भन्दै हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई १० किलोको फुलमालाले सम्मान गरिएको छ ।

रेडियो बुलेटिन तथा सिमलटार टोल विकास सस्थाको संयुक्त आयोजनामा आज हेटौँडाको सिमलटारमा भएको बृक्षारोपण कार्यक्रमको अवसरमा मेयर महतलाई सम्मान गरिएको हो ।

हेटौँडाको पर्यावरणलाई ध्यान दिँदै हेटौँडालाई सुन्दर तथा फूलैफूलको सहर बनाउने अभियान्ताको रुपमा मेयर महतलाई १० किलोको मालाले सम्मान गरिएको टोल विकास सस्थाले जनाएको छ । कार्यक्रमको अवसरमा आज सिमलटार क्षेत्रमा बृक्षारोपण समेत गरिएको छ ।