मकवानपुरमा सम्बन्धविच्छेदका करिब ६ सय मुद्दा दर्ता

१८ असार । हेटौडा । मकवानपुरको जिल्ला अदालतमा चालू आर्थिक वषमा ५ सय ७७ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको छ ।
चालू आर्थिक वर्षको भदौदेखि जेठ महिनासम्म सम्बन्धविच्छेदका लागि ५ सय ७७ वटा मुद्दा दायर भएको जिल्ला अदालले जनाएको छ ।
जसमध्ये महिलाको संख्या ४ सय ४२ जना रहेका छन् भने पुरुषको सङ्ख्या १ सय ३५ रहेका छन् ।
गत भदौ १ गतेदेखि जारी नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था गरेको थियो ।
प्राप्त विवरणअनुसार २०७४÷२०७५ मा ४ सय ७५ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएकोमा हाल १ सय ६४ मुद्दा थप भएको हो । यस वर्षको दर्तामध्ये १ सय ९४ वटा मुद्दा फछ्र्योट भइसकेको र अन्य प्रक्रियामा रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: