१ करोड बढी ठगी गरेको आरोपमा सत्यमान लामा पक्राउ

१७ असार । काठमाडौं । ठगी आरोपमा काभ्रेका सत्यमान लामालाई प्रहरीले काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको छ । काभ्रेको तिमाल ६ नारायणस्थानमा भूकम्पपीडितका लागि आएको १ करोड ७५ लाख ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ठगी गरेको आरोपमा लामा पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले पुष्टि गरे । यसअघि पनि लामा ठगी गरेकै आरोपमा पटक–पटक पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस्: