Swornakshar Logo

भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान


७ जेठ । काठमाडौं । भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । भोजपुरको ट्याम्के मैयुम गाउँपालिका १ स्थित मैयुमडाँडास्थित जंगलमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको हो ।
जंगलमा थुपै्र हतियारधारी समूह लुकेको भन्ने सूचनाका आधारमा प्रहरीले सो क्षेत्रमा अप्रेशन चलाएको थियो । जंगलमा पुगेको प्रहरी टोलीमाथि उल्टै गोली प्रहार भएपछि प्रहरीले जवाफी फायर गरेको जनाएको छ ।

जवाफी फायरका क्रममा सो समूहका एक कार्यकर्ता घाइते भएका छन् । उनी भोजपुरका ३२ वर्षीय तिर्थराज घिमिरे रहेको समेत प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।