Swornakshar Logo

कथा संग्रह अभ्यन्तर लिएर आइन अप्सरा

हेटौडा, २८ बैशाख । साहित्यकार अप्सरा तिम्सिनाको कथा संग्रह अभ्यन्तर विमोचन भएको छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्ययक्ष तिम्सिनाको कथा संग्रह “अभ्यन्तर” आख्यानकार नयनराज पाण्डेको लगाएतले सामुहिक रुपाका विमोचन गरेका छन् ।
कथाकार तिम्सिनाको कथा संग्रहका कथाहरु सामाजिक विषयवस्तुहरुमा गहन रुपमा अध्ययन गरेको पाइएको प्रमुख अतिथि पाण्डेले बताए।
कथा संग्रहमाथि साहित्यकारहरु सरिता तिवारी, निमेष निखिल, रमेशमोहन अधिकारीले टिप्पणी गरेका थिए । उनीहरुले हाम्रै वरपरि भएका विषयवस्तु तथा घट्नाहरुलाई सरल र सहज ढंगले कथा मार्फत प्रस्तुत गरेको बताएका थिए ।

कार्यक्रममा साहित्यकार तिर्थदेवी सिलवाल, आरसि रिजाल, मुना अर्याल लगायतकाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । लेखक अप्सरा तिम्सिना लम्सालका आमाबुबाको पनि उपस्थिति रहेको थियो । कथाकारले यस अघि पनि कविता संग्रह प्रकाशनमा ल्याएका थिए ।
पुञ्जकी उपाध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।