Swornakshar Logo

विभिन्न क्षेत्रबाट राष्ट्रलाई योगदान दिने ९ जनालाई मातृभूमिको पुरस्कार

१६ चैत । हेटौंडा । मातृभूमी साहित्य समाजले हेटौडाले आज विभिन्न विधामा ९ जनालाइ पुरस्कृत गरेको छ । मातृभूमी राष्ट्रिय पुरस्कार–२०७४ बाट साहित्यकार डा.तुलसी भट्टराई पुरस्कृत भएका छन् ।

उनलाई नगद २१ हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिएको छ । कार्यक्रममा शेखर शर्मा रिजाल स्मृती मातृभूमी शैक्षिक पुरस्कार–२०७३ बाट बद्री खतिवडा, देव प्रसाद श्रेष्ठ र–२०७४ बाट बनमाली सुवेदी, सजनी गोर्खाली जनही १५ हजार रुपैयाँ नगद सहित पुरस्कृत भएका छन् । यस्तै, केशबलाल स्मृती पत्रकारिता पुरस्कार–२०७५ बाट पत्रकार भानुभक्त आचार्य नगदसहित सम्मानित भएका छन् ।
हातेमालो सृजनशील युवा सम्मान–२०७४ बाट साहित्यकार सानुभाइ विश्वकर्मा, क्षेत्र बहादुर स्मृती मातृभूमी सम्मान–२०७४ बाट संस्कृत वेद विद्यालय, राजकुमार स्मृती मातृभूमी सम्मान–२०७४ बाट बिष्णु तिवारी जनही १० हजार रुपैयाँ नगद सहित सम्मानित भएका छन् । कार्यक्रममा सम्मानित देवप्रसाद श्रेष्ठले मामाघर नेपाल र बद्री प्रसाद खतिवडाले प्राप्त गरेको रकम ओम बृद्धाश्रममा सहयोग गर्ने जनाएका छन् ।
मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोख्रेलको सभाध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा परराष्ट्रविद् डा। हिरण्यलाल श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, आँचल साहित्य कला पुञ्जका अध्यक्ष अप्सरा तिम्सिना लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।