Swornakshar Logo

लगानी सम्मेलनको तयारीमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन

८ चैत । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेका छन् ।
आज बसेको उद्योग वाणिज्य प्रवद्र्धन परिषदको दोस्रो बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथीहरुलाई व्यवस्थित बास, सुरक्षा र अन्य प्रवन्ध मिलाउन निर्देशन दिएका छन् । परिषद्का तर्फबाट सुरज बैद्यले सम्मेलनको तयारीको बारेमा बैठकलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले केही तत्वहरुले देशमा अस्थिरता मच्चाउन प्रयास गरेको भए पनि सरकारले त्यसलाई नियन्त्रण गर्ने बताएका छन् ।

‘गणतन्त्र आएको छ ,संघीयता आएको छ,आवधिक चुनाव भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब के चाहिएको हो रु चन्दा संकलन र लुटपाट गर्न छोडिदिनु पर्ने ? त्यस्तो हुँदैन । सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न कानुन अनुसार अघि बढ्छ ।’