Swornakshar Logo

मकवानपुर पत्रकार महासंघले मनायो होली

हेटौंडा– आज देशको पहाडी क्षेत्रमा रंगको पर्वको रुपमा चिनिने होली खेलिँदैछ । भोली चैत ७ गते तराईक्षेत्रमा होली खेल्नि भने आज पहाडी भेगमा खेलिँदैछ ।रंग दलेर खेलिने पर्वलाई नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले पनि आज ६ गते होली मनाएको छ । हरेक वर्ष महासंघ मकवानपुरले होली मनाउने गरेको छ । सोही कार्यक्रमलाई निरन्तरता दिँदै महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमागाईंको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रदेश ३ को असथायी राजधानी हेटौंडाका सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले उपस्थितिमा रंग दलेर होली मनाइएको थियो । महासंघमा भएको होलीको औपचारिक कार्यक्रम नेपाल पत्रकार महासंघ प्रदेश नं। ३ का महासचिव कृष्ण सारु मगर, बानका उज्वलल चौलागाईं, महासंघ उपाध्यक्ष सरिता दहाल, कुमार अधिकारी प्रेस चौतारीका केन्द्रीय सदस्य राजन दहाललगायतको आतिथ्यता थियो ।

पत्रकारहरुको टोलीले हेटौंडा एफएम, रेडियो मकवानपुरलगायतका सञ्चारमाध्याममा होली खेलेको थियो । महासंघले होलीलाई सभ्य र भव्य रुपमा खेल्न सम्पूर्णमा आग्रह गरेको छ ।