विप्लवका कार्यकर्ता खाेज्दै सेना गाउँमा
६ चैत । कालिकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको छ । रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल प्रहरी र सशस्त्र बल पनि मिसिएको छ ।
सरकारको निर्देशनमा जिल्लाका सुरक्षा निकाय गाउँ केन्द्रीत भएपछि गाउँले त्रसित भएका छन् । २०५२ सालको सशस्त्र द्वन्द्वबाट निकै प्रभावित स्थानीय नागरिक फेरि द्वन्द्व निम्तिने त्रासमा छन् ।
प्रतिक्रिया दिनुहोस्: