Swornakshar Logo

काभ्रेबाट विप्लव समूहका ४ जना पक्राउ

६ चैत । काठमाडौँ । मंगलबार राति काभ्रेको रोशी गाउँपालिका १ काफल डाँडामा प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको थियो ।
विशेष सुचनाको आधारमा प्रहरी काठमाडौबाट काभ्रे पुगेको थियो । सर्ज गर्न गएको प्रहरी र विप्लवका कार्यकर्ताबीच मंगलबार राती दोहरो भिडन्त भएको थियो । ठूलै नेताको सेल्टर खोज्दै काभ्रे पुगेको प्रहरीले ४ जना कार्यकर्ता समातेर काठमाडौ ल्याएको बताएको छ ।

केही समय अघि उपत्यकाको विभिन्न स्थानमा एकजना सर्वसाधारणको ज्यानसमेत जाने गरी भएका बिस्फोट अनुशन्धानको क्रममा प्राप्त सूचनाका आधारमा काभ्रे पुगेको महानगरीय प्रहरी अपराध महाशाखाको टोली र नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको बताइएको छ। नेकपा समूहका कार्यकर्तालाई नियन्त्रणमा लिन खोज्दा एसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा गएको अपराध महाशाखा टोलीमाथि उनीहरुले फायर खोलेको दाबी प्रहरीको छ। त्यसपछि प्रहरीले पनि फायरिङ गरेको दाबी छ।
प्रहरीका अनुसार पक्राउ परेका कसैले पनि आफ्नो पहिचान खुलाउन मानेका छैनन्।

मुलुकमा हिंसात्मक गतिविधि बढाएको भन्दै गत फागुन २८ गते चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको थियो। त्यसयता सुरक्षा निकायले उसको गतिविधिमा निगरानी बढाएको छ।