Swornakshar Logo

पार्टी एकिकरण अनावश्यक लम्ब्याइयोः माधव नेपाल

५ चैत । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको एकीकरणको बाँकी काम अनावश्यक रुपमा लम्ब्याइएको टिप्पणी गरेका छन्।
नेपालले पार्टीको तल्लो तहसम्मको एकीकरणको काम लम्ब्याइएकोमा पार्टीका कार्यकर्ताहरुमा निराशा छाएकोबताए ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै उनले अठोटका साथ काम गरे एक महिना भित्र पार्टीको तल्लो तहसम्मको एकीकरणको काम टुंगो लाग्ने बताए। उनले अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्केपछि पार्टीको सांगठनिक एकीकरणको काम टुंगोमा पुग्नेमा आफू आशावादी रहेको पनि बताए ।
वरिष्ठ नेता नेपालले फरक प्रसंगमा मन्त्रीमण्डल पुनर्गठनबारे आफूलाई कुनै जानकारी नभएको बताए। उनले सिके राउतलाई राष्ट्रिय राजनीतिकको मूलधारमा ल्याउने सरकारको निर्णय सही भएको पनि दाबी गरे ।