Swornakshar Logo

सीके राउत बने ‘जनमत पार्टी’को अध्यक्ष, को–को छन् केन्द्रीय समितिमा

४ चैत । काठमाडौ । सीके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धनको नाम जनमत पार्टी भएको छ । सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको सो समूहले अब ‘जनमत पार्टी’को नामबाट मूलधारको राजनीति गर्ने भएको हो ।

जनमत पार्टीमा सीके राउतलाई अध्यक्ष चयन गरिएको छ । यस्तै केन्द्रीय सदस्यमा कैलाश महतो (महोत्तरी) राजकुमार यादव (सिरहा) अब्दुल खान (बर्दिया), चन्द सिंह (महोत्तरी), बबिता इसर (सप्तरी), कौशिला महतो लगायत छन् ।
बैठकले बाँकी १० जना सदस्यमध्ये दलित जनजाती अल्पसंख्यक सहितको प्रतिनिधित्व हुनेगरी मनोनयन गर्ने जिम्मेवारी राउतलाई दिएको छ ।
यसैगरी जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएको छ । पार्टीका केन्द्रीय सदस्य अब्दुल खानद्धार हस्ताक्षर विज्ञप्तीका अनुसार पार्टीको झण्डामा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय गरिएको छ ।
यस्तै चुनाव चिन्ह ‘अष्टदल’ राखिने भएको छ ।

विज्ञप्ती सहित