Swornakshar Logo

प्रहरीले खालि गराए विप्लव नेकपाको कार्यालयमा

४ चैत । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘विपलव’ समुहको रुपन्देहीको पार्टी कार्यालय ‘रातो घर’लाई प्रहरी हस्तक्षेप गरेका खालि गरेको छ ।
विप्लव समुहलाई प्रतिबन्ध लगाए देखि नै बन्द रहेको पार्टी कार्यालयमा लगाएको ताल्चा प्रहरीले तोडेको छ । नेपाल कम्युनिस्ट पार्टी नाम लेखिएको मुख्य ब्यानरसहितको झण्डा समेत प्रहरीले आज साँझ हटाएको इलाका प्रहरी कार्यलयका एक जना प्रहरी अधिकृतले बताए।
सो कार्यालय एक दशकदेखि तत्कालीन नेकपा माओवादी ,त्यसपछि बैद्य समुह र अहिले विप्लव समुहले कब्जामा लिएर कार्यलय संचालन गदै आएका थिए ।
राष्ट्रिय वाणिज्य बैंकको स्वामित्वमा रहेको भवनलाई सुरुदेखिनै विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आइरहेको थियो । यो विषयमा रुपन्देहीका प्रमुख जिल्ल अधिकारी उदयबहादुर रानालाई बुझ्दा आफुलाई थाह नभएको बताए ।

सो भवनमा रहेका झण्डा र ब्यानर प्रहरीले हटाएको ती प्रहरी अधिकृतले बताए ।
सिदार्थ राजमार्गको छेउमा पर्ने यो घर विप्लव नेतृत्वको पार्टीले कब्जामा लिएपछि राष्ट्रिय बाणिज्य बैंकको आफ्नै दुई तले भवन हो ।