Swornakshar Logo

विप्लव नेतृत्वको नेकपामाथि सरकारकाले लगायो प्रतिबन्ध

२८ फागुन । काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सरकारले अपराधिक संगठन भन्दै प्रतिबन्ध लगाएको छ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेकपालाई अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

स्रोतका अनुसार उक्त समूहले विकासका पूर्वाधारमाथि बम बिस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।

राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएको स्रोतले जनाएको छ ।