Swornakshar Logo

सीके राउत र सरकारबीच ११ बुँदे सहमति

२४ फागुन । काठमाडौं । स्वतन्त्र मधेश अभियान चलाइरहेका सीके राउत र सरकारवीच ११ वुदे सहमति भएको छ ।

राष्ट्रियसभागृहमा जारी कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र सिके राउतले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । यो सहमतिसँगै अब राउत मूलधारको राजनीतिमा आएका छन् ।

सम्झौता अनुसार राउत अखण्ड नेपाल स्वीकार गर्दै राजनीतिको मुलधारमा अवतरण भएका छन् भने सरकारले राउतका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ ।