Swornakshar Logo

युद्धकालमा समानान्तर सरकारको प्रमुख म थिए दण्डित गर्ने भए मलाई गर्नुहोसः बाबुराम

२२ फागुन । काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सशस्त्र द्वन्द्वकालीन घटनाहरुलाई आधार बनाएर अहिलेपनि कसैलाई दडित गर्न मन भए आफु दडित हुन तयार रहेको बताए ।
उनले सशस्त्र द्धन्द्धका मुद्धाहरुलाई ‘क्षमा गर र भूल’ भन्ने नीति अपनाउनुपर्ने बताँए । यदि कसैलाई दण्डित नगरी नहुने भए आफूलाई दण्डित गर्न चुनौती पनि दिए ।

बुधबार संसदलाई सम्बोधन गर्दै भट्टराईले सत्यनिरुपण र मेलमिलाप तथा बेपत्ता आयोगले फर्गिभ एण्ड फर्गेट अर्थात ‘क्षमा गर र भूल’ को आधारमा काम गर्नुपर्ने बताए । उनले भने, ‘दुनियाँ कराउँदै गर्छ तर, हाम्रो शान्ति प्रक्रिया आफैं ढंगको हो ।’
उनले कसैलाई दण्डित गर्नुपर्छ भने माओवादीले बनाएको समानान्तर सरकार संयुक्त राष्ट्रिय जनपरिषद्को प्रमुखको नाताले आफूलाई दण्डित गर्न आग्रह गरे । नयाँ शक्तिका संयाजक भट्टराईले भने, साँच्चै साथीहरुमा अहिले पनि रिस बाँकी छ भने दण्डित गर्नुस्, म दण्ड व्यहोर्न तयार छु । यसलाई व्यवस्थापन गरौं ।’