Swornakshar Logo

सांसद रेशम चौधरीलाई जन्मकैद, लक्ष्मण थारु छुट्दै

२२ फागुन । कैलाली । टीकापुर घटनामा अभियुक्त रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको छ । चौधरी लगायतका सो घटनाका ११ जना अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको हो ।

न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले आज चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए ।

चौधरी राजपाका तर्फबाट कैलाली क्षेत्र नं १बाट प्रतिनिधिसभा सांसद हुन् ।

सोही घटनाका अर्का अभियुक्त लक्ष्मण थारु र लाहुराम चौधरीलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनी यसअघि तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएको स्रोतले जनाएको छ ।

यस्तो छ कैलाली जिल्ला अदालतको फैसला