Swornakshar Logo

भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरीयो

१९ फागुन । काठमाडौँ । सरकारले पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

आइतबार बसेकोे मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए ।

काठमाडौँ स्थित ह्याम्स अस्पतालमा शनिवार राती ९ बजेर ३५ मिनेटमा अधिकारीकोे निधन भएको थियो ।

पार्टी कार्यालयबाट शवयात्रासहित पशुपति आर्यघाट पुर्याएर अधिकारीको अन्त्येष्टि गरिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले बताए ।