Swornakshar Logo

एकेडेमिको हाईकिङ्ग सफलः ३३ स्काउटहरुले पाप्त गरे एभरेष्ट ब्याज

१८ फागुन । हेटौडा । हेटौंडा एकेडेमिका स्काउटका विद्यार्थीहरुले पैदल यात्रा सुरुगरी पुण्य क्षेत्रमा हाईकिङ्ग सफलता साथ पुरा गरेका छन्
। हेटौंडा एकेडेमि स्काउट टु«पले दिक्षान्तर प्रदान गदै पुण्य क्षेत्रमा हाईकिङ्घ समापन गरेको छ ।
एकेडेमिका स्काउटहरु नयाँ र पुराना गरि ६५ जना सहभागि थिए । पुराना स्काउटहरुले अहिले सम्मकै माथिल्लो पाँचौं तहको एभरेष्ट ब्याज प्रप्त गरेका छन्। उक्त महत्व पुर्ण ब्याज हासिल गर्न स्काउटर प्रशिक्षक अनुज प्रधानले सहजिकरण गरेका थिए । पुराना स्काउहरुलाई एभरेष्ट ब्याजको लागि परिक्षालिई जिल्ला आयुक्त बेलि थापाले ब्याज प्रदान गरेकी थिइन भन हाईकिङ्गको प्रमाण पत्र अशोक सारु मगरले प्रदान गरेका थिए । हाईकिङ्गमा रोभरहरुले स्काउटहरुलाई सहजिकरण गरेका थिए ।
कार्यक्रममा पिक्निक समेत र बिभिन्न सांस्कृतिक क्रियाकलाप तथा खेलकुदहरु पनि संञ्चालन गरिएको बिद्यालयका स्काउटर मान सिं लामाले बताए।
हाईकिङ्गमा मकवानपुर जिल्लाका जिल्ला आयुक्त बेलि थापाले स्काउट प्रति आफ्नो धारणा राखेका थिए । उक्त हाईकिङ्गमा तालिम आयुक्त बसुदा खड्की, अशोक सारु मगर तथा रोभरहरु र श्रमिक मा.विका शिक्षक चिरन्जिबि शर्मा लगाएतको उपस्थित रहेको स्काउटर प्रधानले जानकारि दिए ।