Swornakshar Logo

नक्खु बम विस्फोट एक जनाको मृत्यु

११ फागुन । काठमाडौं । नक्खुमा भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ। शुक्रबार राति करिब साढे आठ बजेतिर भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको ललितपुर प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए।
अन्य दुईजना घाइतेको पनि उक्त अस्पतालमा नै उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको धानुकले बताए। शुक्रबार देशका विभिन्न ठाउँमा एनसेलका टावरमाथि बम विस्फोट र आगजनी भएको थियो भने विभिन्न ठाउँमा बम फेला परेका थिए।