Swornakshar Logo

लागू औषध चरेश सहित १ जना पक्राउ

८ फागुन । काठमाडौं । काठमाडौंको माछापोखरी स्थित धादिङ बसपार्क अगाडीबाट एक जना लागू औषध चरेश सहित पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त वालाजुबाट खटिएको प्रहरी टोलीले शंकास्पद अबस्थामा हिंडिरहेको समज रिजाललाई चेकजाँच गर्दा लागू औषध चरेस भेटेका थिए ।
उनको साथबाट बरामद भएको चरेस अन्दाजी ९१६ ग्राम रहेको प्रहरी नायव उपरिक्ष होविन्द्र वोगटीले बताए । पक्राउ परेका रिजाल अहिले महानगरिय प्रहरी वृत्त वालाजुमा राखेर थप अनुसन्धान भईरहेको वागटीले बताए ।