Swornakshar Logo

सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको छः प्रम ओली

५ फागुन । काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको बताए। कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा विकासको गतिशिलता र लगानीको अवसर उपयुक्त भएको बताए । यसका लागि सरकारले सुशासनको वातावरण बनाउने बताए । “सरकार विकास दुरदुष्टीमा कुनै दोधारोमा छैन । हामी नतिजामुखी विकासको काममा प्रतिवद्ध छौं ” प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न समेत आह्वान गरेका थिए । “तपाईंहरुको लगानीको सुरक्षा सरकारले गर्छ । लगानीबाट तपाईंहरुले नाफा आजर्न गर्न पनि सक्नुहुन्छ ” प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि उर्वर भूमी भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले वैदेशिक लगानीले नेपालको आर्थिक वृद्धिद्धर वृद्धि हुने मात्र नभइ नेपालाई विश्वसँग जोडिने अवसर पनि हुने बताए ।