Swornakshar Logo

नेविसंघ अध्यक्ष महर पक्राउ

२२ माघ । काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर नयाँ वानेश्वरबाट पक्राउ परेका छन् ।

आन्दोलनको क्रममा नयाँ वानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि महर सहित अन्य ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । आजै गौशालाबाट पनि ७ जना नेविसंघका कार्यकर्ता प्रहरीले पक्राउ गरेको उपाध्यक्ष पुष्प शाहीले बताए ।

नेविसंघले भने शनिवार देशका विभिन्न ठाउँबाट पक्राउ परेका आफ्ना कार्यकर्ता रिहा गर्न माग गदै वानेश्वरमा प्रर्दशन गर्नें क्रममा प्रहरीले हस्तक्षेप गदै अध्यक्ष, उपाध्यक्ष लगायतका नेताहरु पक्राउ गरेको नेविसंघका शाहिको भनाई छ ।

शाहीले पोखरामा पक्राउ परेका कार्यकर्ता बिन शर्त रिहा हुनु पर्ने माग सहित काठमाडौ जिल्ला प्रशासन कार्यलय जाने तयारीमा रहेको बेला पक्राउ गरेको बताए ।