Swornakshar Logo

मालपोलमा मन्त्री अर्यालको छड्के

२१ माघ । काठमाडौ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज विहान मालपोल कार्यालय चावहिलको छड्के जाँच गरेकी छिन् । बिहान साढे १० बजेतिर चाबहिलमा रहेको मालपोल कार्यालय पुगेको मन्त्री अर्यालसहितको टोलीले कार्यालयमा भइरहेका दैनिक गतिविधिहरुको अनुुगमन गरेको हो ।

सादा पोशाकमा गएको मन्त्रीको टोलीले कार्यालय प्रवेश गरेर सेवाग्राहीले सेवा लिने प्रत्येक कक्षमा सेवाग्राहीसँग बसेर त्यहाँको गतिविधिको अनुुगमन गरेको थियो । सचिव गोपीनाथ मैनालीसहित अनुुगमनमा पुगेकी मन्त्री अर्यालले सेवाग्राहीसँग सेवा प्रवाहका बारेमा जानकारी समेत लिएकी थिइन् ।

अनुगमनका क्रममा मन्त्री अर्यालसंग लेखापढी व्यवसायीहरुले कार्यालयमा व्यवसाय गर्न असहज भएको, व्यस्थापन राम्रो नभएको, भवन सेवामैत्री नभएको भन्दै अनेक गुनासा राखेका थिए । उनीहरुले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले पछिल्लो समय प्रयोगमा ल्याएको सेवाग्राही आफैले भर्नसक्ने फारामका कारण आफ्नो व्यवसाय समस्यामा परेको गुुनासो गरेका थिए ।

अनुुगमन पश्चात् मन्त्री अर्यालले सेवाग्राहीलाई कसरी खुसी बनाउन सकिन्छ भन्ने मन्त्रालयको मूल लक्ष्य भएको भन्दै त्यसका निम्ती विभिन्न कार्यालयहरुको निरन्तर अनुुगमन गर्ने क्रम थालिएको जानकारी दिए । सेवालाई प्रभावकारी बनाउने कार्यको थालनी मन्त्रालयले गरेको दाबी गर्दै मन्त्री अर्यालले कार्यालयलाई प्रविधिमा ढाल्ने कार्यको शुरुवात गरिएको जानकारी दिए ।

भविष्यमा मन्त्रालय अन्तर्गतका सम्पूूर्ण सेवा ‘पेपरलेस’ हुनुपर्छ भन्ने उद्देश्यका साथ मन्त्रालयले कार्य अगाडी बढाएको मन्त्री अर्यालले बताए । त्यस अवसरमा मालपोल कार्यालय चाबहिलका कार्यालय प्रमुख पदमप्रसाद अर्यालले अहिले भाडामा रहेको कार्यालयको संरचना सेवामैत्री नहुँदा सेवाप्रवाहमा समस्या भएको बताए । ठेकेदारले समयमा भवन निर्माण सम्पन्न गर्न नसकेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।

मन्त्रालयका सचिव मैनालीले कार्यालय अनुुगमनका क्रममा केही कर्मचारी अनुुपस्थित देखिएको र केहिले हाजिर नगरेरै काम गरिरहेको पाइएको बताए । उनले समयमा कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई कारबाही गरिने समेत जानकारी दिए ।