Swornakshar Logo

प्रदेश नंबर ३ सरकारले दियो सोनाम ल्होछारको विदा

२० माघ । हेटौडा । यहि माघ २२ गते पर्ने २८५५ औँ सोनामा ल्होछारको अवसरमा ३ नं.प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति निकालेर विदा बारे जानकारी दिएको हो ।

तामाङ जातीको वाहुल्यता रहेको ३ प्रदेश नंबरमा तामाङहरुको महत्वपूर्ण पर्वको रुपमा रहेको ल्होछारको अवसरमा सार्वजनिक विदा दिएको हो । गत माघ ९ गतेको मन्त्रीपरिषदको बैठकले विदा दिने निर्णय भएको हो ।
ल्होछारको अवसरमा विदा दिनुपर्ने भन्दै नेपाल तामाङ घेदुङ संघ सहितका संघसस्थाले मुख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापनपत्र समेत बुझाएका थिए ।