Swornakshar Logo

जमिन लिज प्रकरण बिरुद्ध कञ्चनपुरमा हड्ताल

१५ माघ । काठमाडौं । तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जमिन लिज प्रकरण बिरुद्ध मंगलबार कञ्चनपुरमा अनिश्चितकालिन आम हड्ताल गरिएको छ । सत्तारुढ दलका युवा विद्यार्थी सहित जिल्लाका विभिन्न ६ राजनीतिक दलका युवा र विद्यार्थीले अनिश्चितकालिन जिल्ला आम हड्ताल घोषणा गरेर आन्दोलनमा उत्रिएका हुन् ।

पूर्व एमाले–माओवादी केन्द्र निकट युवा संघ, वाईसियल, अनेरास्ववियु, अखिल क्रान्तिकारी, कांग्रेस निकट नेपाल दरुण दल, नेविसंघ, राष्ट्रिय जनमोर्चा, नेकपा बैद्य÷विप्लव निकटका युवा र विद्यार्थीले बिहानैदेखि महेन्द्रनगर बजार तथा यातायात बन्द गराएका छन् ।
अवैध लिज प्रकरण बिरुद्ध आन्दोलनमा उत्रेका युवा विद्यार्थीले कञ्चनपुरको सम्पूणै शैक्षिक संघसंस्था, सरकारी कार्यालय, यातायात, उद्योग, कलकारखाना, बजार बन्दको आह्वान गरेको थियो । बन्दका कारण कञ्चनपुरका सरकारी तथा निजी विद्यालय समेत बन्द भएका छन् । बिहानैदेखि क्याम्पसका विद्यार्थी फर्किपछि विद्यालय समेत बन्द भएका छन् ।
सदरमुकाममा बढी प्रभाव
आन्दोलनरत विद्यार्थीको आम हड्तालको भीमदत्त नगरपालिकाको बजार क्षेत्र बढी प्रभावमा परेको छ । आन्दोलनकारी युवा–विद्यार्थीले महेन्द्रनगर बजार, सरकारी कार्यालय, यातायात समेत ठप्प पारेका छन् । बन्दका कारण महेन्द्रनगरदेखि विभिन्न गन्तव्यका लागि छुट्ने सार्वजनिक सवारी साधन समेत चल्न सकेका छैनन् । बन्दका कारण भारतबाट मजदुरी गरि घर फर्किने नेपाली मजदुर मारमा परेका छन् । बस, होटेल बन्द भएपछि उनीहरु चोक चौतारामा बस्न बाध्य छन् ।
राजमार्ग क्षेत्रमा चलिरहेका सार्वजनिक, सरकारी, संस्थान, निजी सवारी साधनका साँचा नियन्त्रणमा लिएर बीच सडकका गाडी तेस्र्याउन लगाएका छन् । आन्दोलनकारीले भीमदत्त नगरपालिकाको म १ ब ३३८ नम्बर मोटरसाईकलको एक लाईट, दुवै नम्बर प्लेट तोडदिएका छन् । बन्द अवज्ञा गरेको भन्दै उनीहरुले राजमार्ग क्षेत्रमा उक्त मोटरसाईकलमा तोडफोड गरेका हुन् ।

आन्दोलनकारीले जिल्ला समन्वय समिति कञ्चनपुरले जिल्लाका ९ वटै स्थानीय तहको न्याय समितिका लागि राखेको दुईदिन तालिम समेत प्रभाव परेको छ । तालिम बन्द गरीएको छ ।
सत्तारुढनै बन्द हड्तालमा उत्रेपछि स्थानीयले यसलाई कानूनको उपहारको ब्याखा गर्न थालेका छन् । एक्कासी बन्द गरेको भन्दै स्थानीय आक्र्रोसित भएका छन् । उनीहरुले बन्दको विकल्प खोज्न समेत आग्रह गरेका छन् ।
सरकारी सम्पतीलाई संरक्षण गर्न आन्दोलन
आन्दोलनरत युवा विद्यार्थीहरुले सरकारी सम्पत्ती संरक्षणका लागि बाध्य भएर आन्दोलन थालेको बताए । उनले सरकारी सम्पत्तीको संरक्षण गर्ने जिम्मा सरकारी निकायको भएपनि सरकारी निकायबाटै सम्पत्ती संरक्षणमा उदाशिनता देखाएका कारण युवा विद्यार्थी आन्दोलनमा उत्रेको बताए । अवैध रुपमा लिजमा दिएको जमिन खारेजी गर्दै बनेका संरचना नभत्काउन्जेलसम्म आन्दोलन जारी राख्ने उनले चेतावनी दिए । तत्तकालिन नगरविकास समितिले एक सय ४३ जनालाई एकल तोकादेशका भारमा जमिन लिजमा लिएका छन् । केहीलाई जमिनको लालपुर्जा समेत दिएको छ ।

संरचना भत्काउने प्रकृया सुरु
युवा विद्यार्थी संगठनले नगर विकास समितिको गुरु योजनमा रहेको ६ सय ३८ विगाह जमिन मध्ये अधिकांश जमिन प्रकृया मिचेर अवैध लिजमा दिएर नगरकै शोभा बिग्रार्ने काम गरेको ठहर गरेका छन् । संघीय आयोजना कार्यान्वय इकाई धनगढीले नगरविकास समितिको जमिन लिजमा लिएर बनेका संरचना भत्काउने प्रकृया सुरु भएको जनाएको छ ।