Swornakshar Logo

हेटौँडाको बासुदेब सभागृहलाई प्रदेशसभा बनाउने तयारी

१ माघ । हेटौडा । हेटौंडा ४ मा रहेको बासुदेब सभागृहको सभागृहलाई ३ नं प्रदेश सभा भवनकारुपमा निर्माण गराउने भएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज उक्त भवनको निरीक्षण गरेका थिए ।
चालु आर्थिक बर्षभित्र सभागृहलाई प्रदेश सभा बस्न मिल्ने गरी निर्माण सम्पन्न गरीने पौडेलले बताए । स्थलगत निरिक्षण गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सभाको बैठक सञ्चालनको लागि सभागृह उपयुक्त हुने बताए ।
आवश्यकता अनुसार बजेट विनियोजन गरेर निर्माण सम्पन्न गरीने पौडेलले बताए। मंगलबार मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकास मन्त्रालयको शहरी विकास तथा भवन कार्यालयका प्रमुख ईन्जिनियर संजय पाण्डे, हेटौंडा उपमहानगरपालिकाका आर्किटेक्ट चाहना पौडेलसहितको टोलीले भवनको निरीक्षण गरेका थिए ।

२०६३ सालमा निर्माण शुरु भएर तीन वर्ष सम्म लगातार स्थानीय विकास मन्त्रालयको जगेडा कोषको एक करोड ३० लाख रुपैंया खर्च गरिएको थियो । त्यसपछि विबिध कारणले सभागृह निर्माणको काम अघि बढ्न सकेको थिएन ।