Swornakshar Logo

हेटौँडामा ए टु जेटको उपहार धमाका

२३ पुस । हेटौडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १० ‘ए टु जेट ईलेक्ट्रोनिक्स हाउस’ ले दशैँ तिहारका अवसरमा सुरु गरेको बम्पर उपहार योजनाको नतिजा सोमबार सार्वजनिक गरेको छ ।

सोमबार पसलको प्राङ्गणमा आयोजित लक्की ड्रबाट हेटौँडा १० का जीवन डेले प्रथम पुरस्कार ३२ ईन्चको क्यामेरो एलईडी टेलिभिजन प्राप्त गरेका छन् । त्यस्तै दोस्रो पुरस्कार १० ईञ्चको ट्रली बारा जिल्लाको अम्लेखगञ्ज निवासी करण लामाले प्राप्त गरेका छन् । तृतिय पुरस्कार उफर हेटौँडा ११ का सजब अन्सारीले जितेका छन् । चौथो पुरस्कार राडो ब्राण्डको घडी भैँसेका पुर्ण शाहीले जितेका छन् भने बसामाडी निवासी सुशिल पौडेलले पाँचौ पुरस्कार राईस कुकुर जितेका छन् ।

त्यस्तै सान्त्वनातर्फ १५ जनालाई टिसर्ट र १५ जनालाई क्यामेरो ब्राण्डको एलईडी बल्व प्रदान गरिएको छ । साउन २० गतेबाट लागु भएको योजना अन्तर्गतको नतिजा सोमबार लक्की ड्र गरिएको हो । योजनामा ४ सय जनाले सहभागीता जनाएका थिए । कार्यक्रम पसलका सञ्चालक धिरज विक्रम न्यौपानेको अध्यक्षतामा भएको थियो । सञ्चालक न्यौपानेले विभिन्न चाडपर्वका अवसरमा विभिन्न योजनाहरु सार्वजनिक गरिने बताए । ए टु जेट ईलेक्ट्रोनिक्स हाउसले लामो समयदेखि हेटौँडामा ईलेक्ट्रोनिक्स सामाग्री वितरण गर्दै आईरहेको छ ।