Bagmati Samachar Logo

बचत संघले दियो सफल ब्राण्ड प्राप्त गर्न सफल सहकारीलाई बधाई

११ पुस । हेटौँडा । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले पूर्ण तथा व्यवसायी साकोस विकास कार्यक्रम (प्रोवेशन ब्रान्ड) प्राप्त सहकारी संस्थालाई बधाई तथा शुभकामना दिएको छ ।
आज हेटौँडाको न्युज क्लब नेपालमा संघले बधाई तथा शुभकामना दिएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन)को साधारण सभाको अवसरमा मकवानपुरका ४ साकोस संस्थालाई प्रोवेशन ब्रान्ड प्राप्तप्रदान गरिएको थियो । देशभरका २१ सहकारी संस्थाहरुलाई उक्त ब्रान्ड दिएको छ ।
२१ सहकारी मध्ये मकवानपुरका ४ वटा सहकारीले यो ब्राण्ड पाएका हुन । जसमा महलिा अभियान बचत तथा ऋण सहकारी संस्था लि भीमफेदी ४, महिला मिलन बचत तथा ऋण सहकारी संस्था हेटौंडा १३, महिला जनचेतना बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा १५, महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि. मकवानपुरगढी ३ ले प्राप्त गरेका छन्।
मकवानपुर जिल्लाबाट ६ वटा सहकारी नेफस्कुनमा आवद्ध छन जसमा ४ वटाले ब्रान्ड प्राप्त गरेका छन् ।
मकवानपुरको सहकारीले ब्राण्ड प्राप्त गरेको विषयमा जिल्ला बचत संघकी सचिव कल्पना श्रेष्ठले जानकारी दिइन । उनले अहिले ब्राण्ड प्राप्त गर्नु मात्र महत्वपुर्ण नभएको भन्दै अव यसलाई जोगाएर थप प्रभावकारी काम गर्न आफुहरुलाई अवसर समेत प्रदान गरेको बताईन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सदस्य तथा जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्साल,ब्रान्ड प्राप्त सहकारी संस्थाका अध्यक्षहरु, समितिका पदाधिकारी, कर्मचारी र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । संघका अध्यक्ष राधा सिन्तानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।