Bagmati Samachar Logo

३ नं प्रदेशको “एनफा लाईसेन्स कोचिङ कोर्ष” हेटौडामा सुरु

९ पुस । हेटौडा । ३ नं. प्रदेशको राजधानी हेटौँडामा आजबाट पाँच दिने प्रदेश स्तरीय “एनफा लाईसेन्स कोचिङ कोर्ष” सुरु भएको छ ।
अखिल नेपाल फुटबल संघ (एनफा) र मकवानपुर जिल्दा फुटबल संघको आयोजना तालिमको शुरु भएको हो । प्रदेश नंबर ३ का ११ जिल्लाका ३३ जना सहभागिहरुले प्रशिक्षण लिने छन् ।
आज सोमबारबाट सुरु भएको कार्यक्रममा बोल्दै प्रदेश नंबर ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बाँनीयाले खेलकुद क्षेत्रको विकासको लागि आफुहरु सधै सकारत्मक रहेको बताए । हेटौँडामा खेलकुद गतिविधिहरु धेरै हुने गरेको भन्दै अब समग्र खेल क्षेत्रको विकासमा आफुहरुले सक्दो सहयोग गर्ने बाँनियाले बताए ।
तालिमलाई एनफाका उपाध्यक्ष उपेन्द्रमान सिंह, एनफा टेक्नीकल कोच टेकेडो चियाकि, गोल किपर कोच यिचुमारी टोसी हिरोले प्रशिक्षण दिनेछन् मकवानपुर फुटजबल संघले जनाएको छ ।

प्रशिक्षण हेटौँडाको वन विज्ञान अध्ययन सस्थानको खेल मैदानमा हुने छ । प्रशिक्षणमा एकजना महिलाको समेत सहभागिता रहेको छ ।