नेकपाको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरीए पूर्व मन्त्री सोडारी

२७ कार्तिक ।
काठमाडौं । पदिय मर्यादा विपरित काम गरेको आरोपमा मन्त्री पदबाट बर्खास्त गरीएका सुदूरपश्चिम प्रदेशका निवर्तमान सामाजिक विकाश मन्त्री दीर्घ बहादुर सोडारीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको छ ।
मन्त्रीबाट बर्खास्त गरेपछि मगलवार साँझ बसेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटिको बैठकले सोडारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको प्रदेश कमिटिका अध्यक्ष कर्णबहादुर थापाले बताए ।
थापाले भने, ‘मन्त्रीसगै दीर्घ सोडारीलाई पार्टीबाटै निष्कासन गरिएको छ ।’
मन्त्रीबाट बर्खास्त र नेकपाको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरिएका सोडारी तत्कालिन नेकपा एमाले कैलालीका अध्यक्ष हुन । उनको सांसद पद भने यथावत रहेन छ थापाले बताए ।
उनी कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट विजयी भएका थिए । उनलाई मगलवार बर्खास्त गर्दै सामाजिक विकाश मन्त्रीमा कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को (ख) बाट विजयी कृष्णराज सुवेदीलाई नियुक्त गरिएको छ ।
सुवेदीले पद तथा गोपनियताको सपथ खानुका साथै पदभार समेत ग्रहण गरिसकेका छन
प्रतिक्रिया दिनुहोस्: