Swornakshar Logo

पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड फोटो सहित

२६ कार्तिक ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार म्याग्दीको तातोपानी पुगेका छन् । पत्नी सीता दाहालको उपचारको क्रममा चिकित्सकको सल्लाहअनुसार तातोपानीमा नुहाउन म्याग्दी पुगेका हुन् ।

अध्यक्ष प्रचण्डसँगै पत्नी सीता दाहल, छोरी गंगा दाहाल, स्वकीय सचिव जोखबहादुर महरा पनि म्याग्दीको तातोपानी पुगेका छन् ।

त्यस्तै प्रचण्डसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उनकी पत्नी नैनकला थापा पनि तातोपानी गएका छन् । प्रचण्ड र
बादलले सँगै तातोपानी कुण्डमा नुहाएको फोटो प्रचण्डको सचिवालयले सार्वजनिक गरेको छ ।

बेनी नगरपालिका ४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, वाथ लगायत रोगका विरामीलाई फाइदा पुग्ने भएकाले मानिसहरु तातोपानीमा नुहाउन आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

फोटो गंगा दाहलको फेसबुकबाट