Swornakshar Logo

भारतका लागि निलाम्बर आचार्य राजदूतमा सिफारिस

कार्तिक । काठमाडौं । भारतका लागि नेपालको तर्फबाट निलाम्बर आचार्यलाई राजदूतमा सिफारिस गरेको छ । आज बसेको मन्त्री परिषदको निर्णयले आचार्यलाई राजदूतमा सिफारीस गरेको बताइएको छ ।

आईतबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रीपरिषद् बैठकले आचार्यलाई सिफारिस गरेको हो । सै गरी कृष्ण ढकाल युएइका लागि र उदयराज पाण्डे मलेसियाकालागि राजदुतमा सिफारिस गरेका छन् ।

यता सरकारले मन्त्रीपरिषद्को निर्णयहरु तत्काल जानकारी नगराउने निर्णय गरेको छ ।

अबदेखि मन्त्रीपरिषद्को निर्णयहरु समय क्रमसँगै थाहा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले बताए ।

यसअघि विशेष अवस्था बाहेक महत्वपुर्ण निर्णयहरु मन्त्रीपरिषद् बैठक लगत्तै प्रवक्ताबाट जानकारी गराईन्थ्यो ।