Swornakshar Logo

सरकार जुम्रा मार्न बनेको होईन, देश बनाउन होः प्रधानमन्त्री

११ मंसिर । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य नियन्त्रणकारी मात्र नभई अभिभावक समेत भएको बताएका छन् । योगदानमा आधारित समाजिक शुरक्षा कार्यक्रम लागु भएको अवसरमा प्रज्ञा भवनमा मंगलबार आयोजित कार्यक्रममा ओलीले वृद्धभत्ताले देशको ढुकुटी सकियो भन्नेहरुलाई समाजिक शुरक्षा कार्याक्रमले जवाफ दिने बताए ।

उनले भने,‘सरकार जुम्रा मार्न,सिन्का भाँच्न बनेको होईन देश बनाउन हो ।’ सरकार खै कता ? भन्नेले अब सरकार जहाँतही, दाँया हेरे दाया र बाँया हेरे बाँया देख्ने उनको भनाई छ । ओलीले मेलम्ची गए मेलम्ची, कलंकी गए कलंकी सरकार नै देखिने बताए ।

काठमाडौँका सडकमा समेत सरकार देखिने उनको भनाई छ । यहि सरकारले काठमाण्डौंका सडक धोएको समेत देख्न सकिने बताए । प्रधानमन्त्री ओलीले जनता निराश भए देश अप्ठ्यारोमा पर्ने भन्दै जनतालाई निराश नहुन आग्रह गरे । नयाँ आशामा बाँच्न सक्नुपर्ने उनको भनाई छ ।

उदारीकरणले मुलुकको अर्थतन्त्रमाथी डोजर चलाएको भन्दै त्यसलाई बाहिर निकाल्ने ओलीले बताए । छाडा पुँजिवाद व्यवस्थामा वृद्धवृद्धालाई घरबाट निकाल्ने गरिएको कटाक्ष गर्दै उनले आफुहरुको राज्य व्यवस्थाले वृद्धवृद्धाको संरक्षण गर्ने दाबी गरे ।

सामाजिक सुरक्षाका योजनाहरु अब लागू भएको उल्लेख गर्दै अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागु गर्ने प्रतिवद्धता व्यक्त गरेकोसमेत प्रधानमन्त्री ओलीले स्मरण गरे ।