Swornakshar Logo

फर्निचर उद्योग क्षणभरमै भयो खरानी 

१० मंसिर । काठमाडौं । राजधानीको बुद्धनगरस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी हुँदा ५ करोड बराबरको क्षति भएको छ ।

सोमबार दिउँसो राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा आगलागी भएको हो । आगलगागीबाट ५ करोड बराबरको सामान नष्ट भएको उद्योगका सञ्चालक कार्कीले बताए ।

आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । आगलागीबाट उद्योगमा रहेका सामान पूर्ण रुपमा नष्ट भएको छ भने अहिले पनि आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन ।

यसैगरी महानगरीय प्रहरी बृत्त वानेश्वरका डीएसपी गोविन्द काफ्लेले टीनले बारेर बनाइएको सो गोदाममा के कारणले आगलागी भयो भन्ने अनुसन्धान भइरहेको जानकारी दिए ।

अनुसार घटनामा मानविय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा विद्युत आपुर्ति वन्द गरिएको बताइएको छ ।