नेकपाको सचिवालयले टुङगाउन सकेन केन्द्रीय सदस्यको कार्यविभाजन

८ मंसिर । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिवार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न सकेको छैन ।
तिन दिन यता लगातार पार्टीको सचिवालय बैठक बसेपनि केन्द्रीय सदस्यहरुको कार्यविभाजनको विषय टुंगो लगाउन सकेको छैन । यो विषय टुङगो नलाग्दा पार्टीभित्र यो विषय पेचिलो बन्दै गएको छ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा कार्यविभाजनको बारेमा छलफल भएपनि थप गृहकार्य गर्नुपर्ने भन्दै पर्सि सोमबार सम्मका लागि धकेलिएको छ ।
भोलि आइतबार थप गृहकार्य गरि सोमबार मात्रै कार्यविभाजनको टुंगो लगाउने निर्णय बैठकमा भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । केन्द्रीय सदस्यको कार्यविभाजनको टुंगो लगाएपछि मात्रै जनवर्गिय संगठनको एकिकरणको प्रयास सुरु गरिने पनि जानकारी दिए ।
लामो समयसम्म केन्द्रीय सदस्यहरुको कार्यविभाजनको टुंगो लाग्न नसक्दा पार्टीभित्र असन्तुष्टी चुलिँदै गएको छ । केहि केन्द्रीय सदस्यहरुले त केन्द्रीय समितिको बैठक बोलाउन माग गदै ज्ञापनपत्र नै बुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस्: