Swornakshar Logo

फुटको संघारमा राजपा, के हो विवाद ?

८ मंसिर । काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको नेतृत्व परिवर्तन भएपछि पार्टी भित्र गम्भिर विवाद उत्पन्न भएको छ।

अध्यक्ष मण्डलको संयोजक परिर्वतनको विषयले पार्टी फुट्न सक्ने स्थितिमा पुगेको असन्तुष्ट नेताहरूले बताएका छन्।

मंगलबार बसेको राजपाको अध्यक्ष मण्डलको बैठकले बहुमतबाट संयोजक परिवर्तन गर्ने निर्णय गरेको थियो। पार्टी गठन भए यता बहुमतबाट निर्णय गरिएको यो पहिलो पटक हो।

राजपाको विधानको धारा १६ को २ मा पार्टीले गर्ने हरेक निर्णय अध्यक्ष मण्डलको सर्वसम्मतबाट हुनु पर्ने व्यवथा गरिएको छ। तर मंगलबार संयोजक परिर्वतन गर्ने निर्णय बहमुतबाट गरिएको थियो।

ठाकुरसँग निकट नेता पार्टीका वरिष्ठ उपाध्यक्ष तथा राष्टिय सभा सदस्य विर्खेशचन्द्र लालले पार्टीको विधान विपरित अध्यक्ष मण्डलका संयोजक फेर्ने निर्णयले पार्टीमा गम्भिर विवाद सिर्जना गरी पार्टीलाई फुटको स्थितिसम्म पु¥याउन खोजिएको आरोप लगाएका छन्।
उनले भने,‘पार्टीको विधानमै पार्टीले गर्ने सबै निर्णय अध्यक्ष मण्डलको सर्वसम्मतीबाट हुनु पर्ने व्यवस्था छ तर महाधिवेशनको संघारमा आएर संयोजक परिर्वतन गर्ने निर्णय पार्टी विधान विपरित मात्र छैन। पार्टी भित्र गम्भीर विवाद ल्याइ पार्टी फुटाउनेसम्मको प्रयास हो।’

गत असारमा बसेको राजनीतिक समितिको बैठकले आागमि महाधिवेशनसम्म महन्थ ठाकुर अध्यक्ष मण्डलको संयोजक रहने भनी गरिएको निर्णयलाई पनि अध्यक्ष मण्डलको मंगलबारको बैठकले उल्टाएको आरोप उनले लगाए। उनले भने,‘यो काम भनेको तोकिएको समयमा महाधिवेशन नगर्ने र पार्टीमा विभाजन ल्याउने हो।’

२०७४ बैशाखामा तत्कालीन ६ मधेसकेन्द्रित दलवीच एकीकरण भइ राजपा गठन भएपछि तत्कालीन ५ पार्टीले आफ्नो पुरानो पार्टी कार्यालय खाली गरे भने पुरानो तमलोपा पार्टी कार्यालय रहेको विजुलीवजार स्थित पार्टी कार्यालय भवन भने अझै प्रयोग भइरहेको छ।

सो भवनमा तमलोपाको साइनबोर्ड मात्र हटाइएको छ। पुराना तमलोपाका नेता तथा कार्यकर्ताहरु अहिले पनि सो भवनमै बढी व्यस्त हुने गर्छन्। ठाकुरले गत असोजमा राजपा पार्टी कार्यालयमा कार्यरत १३ कर्मचारीलाई एकै पटक हटाएका थिए।

तर पुराना तमलोपामा कार्यरत कर्मचारीहरु भने अहिले पनि पुरानो तमलोपा कार्यालयमा गइ काम गर्ने गरेका छन्।
पार्टी एकीरण भएको एक वर्ष ८ महिनापछि गत मंगलबार राजपामा नेतृत्व परिर्वतन भएको थियो।

बैठकले ठाकुरले यसअघि गरेका पदाधिकारी मनोयनलाई पनि रद्ध गर्ने निर्णय गरेको थियो। राजपाको महाधिवेशनको तिथी घोषणा भइसके पछि ठाकुरले महासचिव, सहमहासचिव तथा केही केन्द्रीय सदस्यहरू नियुक्त गरेका थिए। संयोजक परिवर्तन भए पछि ठाकुरले मंसिर ७ देखि मधेसका जिल्ला भ्रमण गर्ने कार्यक्रम रद्ध गरेको ठाकुर निकट एक नेता बताउछन्। नागरिक दैनिकमा खबर छापिएको छ ।