५ मंसिर । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२ जना केन्द्रीय सदस्यहरुले तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गदै महासचिवद्धारा अध्यक्षद्धयलाई ज्ञापन पत्र बुझाएका छन् ।
केन्द्रीय सदस्यहरुले अध्यक्षद्धय भेट्न खोज्दा पनि समय नपाएपछि महासचिव विष्णु पौडेलमार्फत ज्ञापनपत्र बुझाएको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए । बुधबार नेपाल कम्युनिस्ट पार्टीको सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा ज्ञापनपत्र बुझाएका छन् ।
केन्द्रीय सदस्य ठाुकर गैरेले भने‘विधि र मापदण्ड बनाएर एकताको काम छिटो सक्नु पर्छ । पोलीटव्युरोको कार्य विभाजन भएन । सचिवालयभन्दा तल पार्टी नभए जस्ता अवस्था आयो ।’
माओवादी र एमाले एकता भएको पनि ६ महिना हुदा सम्म एकताको काम पनि पुरा हुन नसक्नु र कार्यविभाजनमा पनि नहुन सक्दा आम कार्यकर्तामा निरासा देखिएकाले हामीले तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका हौ केन्द्रीय सदस्य प्रेमनल खनालले बताए ।
गैरेले भने‘पार्टी विधान अनुसार चल्नु प¥यो । सरकार र पार्टी बिच भेट नै नहुने भयो । यसलाई नङर मासुको जस्तो सम्बन्ध बनाउनु प¥यो । सेवा सुविधाको बारेमा प्रश्न उठेको छ । आम जनतामा र कार्यकर्तामा निरासा छ । देश व्यापी सरकारात्मक सन्देश दिन पनि काम गर्नु पर्छ ।’
ज्ञापन पत्रमा भनिएको छ पार्टीका प्रत्यक सदस्यहरुलाई समापन गर्ने होइन,छलफल गर्ने वातावरण बनाउनु पर्छ । पोलिलटब्युरो तत्काल गठन गरियोस र नियमितरुपमा बैठक बोलाइयोस । पोलिटब्युरो गठन गरेर मात्र केन्द्रीय कमिटीको कार्यविभाजन गरियोस ।
ज्ञापनपत्रमा निस्पक्ष र क्षमताको आधारमा कार्यविभाजन गर्न माग गरिएको छ । भनिएको छ कमरेड,जिम्मेवारी वितरणमा हदैसम्मको पक्षपातपूर्ण व्यवहार गरिएको देखिएको छ । कसैलाई काममाथि काम तथा अवसरमाथि अवसरहरुको बोझ थपिएको छ भने मननपरेका मानिसहरुलाई जिम्मेवारीबिहिन बनाइएको तिक्त अनुभव हामीसंग ताजा नै छ ।
कमरेड अध्यक्ष,


प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…