Swornakshar Logo

हेटौडा स्थायी राजधानी बनाउने मागसहित ज्ञापन पत्र

४ मंसिर । हेटौंडा । मकवानपुर समाज काठमाडौंले आज नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदेश ३ को राजधानी हेटौंडा नै बनाउनको लागि ज्ञापन पत्र बुझाएको छ।
समाजका अध्यक्ष अरुण कुमार गुरुङ, समाजका प्रमुख सल्लाहकार रामनारायण बिडारी,सल्लाहकार नरेन्द्र श्रेष्ठ,श्याम महत कलाकार राजेन्द्र खडगी,व्यवसायी सजन लाल प्रधान लगाएत मकवानपुर बासीहरुको उपस्थित रहि अध्यक्ष प्रचण्डलाई ज्ञापन पत्र बुझाएको अध्यक्ष गुरुङले बताए ।

पत्र बुझे पछि अध्यक्ष प्रचण्डले आफु पनि यस विषयमा सकरात्मक रहेको बताएका एक जना सहभागीले बताए । पार्टीको कुनै व्हीप नलाग्ने प्रचण्डले बताएको गुरुङले बताए । ज्ञापनपत्रमा हेटौंडा किन उपयुक्त छ भन्ने विषयबारे बुदागत रुपमा उल्लेख गरेको छ । सोही ज्ञापनपत्र नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा,राजपा र संघीय समाजवादी फोरमलाइ समेत बुझाउने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए ।