Swornakshar Logo

काठमाडौंमा शिक्षकबाट विद्यार्थी बलात्कृत

४ मंसिर । काठमाडौं । आफ्नै विद्यार्थीलाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको कलकत्ताका ५४ वर्षीय बडिसतो गौतम भट्टचार्य छन् ।

उपत्यकाका विभिन्न कलेजमा लेखा विषय पढाउने उनले प्रलोभन देखाएर २२ वर्षीया युवतीलाई पटकपटक बलात्कार गरेको प्रहरीमा जाहेरी परेपछि भट्टचार्य पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले उनलाई पक्राउ गरेको हो ।
पछिल्लो पटक काठमाडौं–६, महाँकालस्थित जेसर होटलमा आफू बलात्कृत भएको ती युवतीको दाबी छ । प्रहरीले भट्टचार्यमाथि करणी मुद्दामा ५ दिन म्याद लिएर विस्तृत गरिरहेको डीएसपी नरेन्द्र चन्दले बताए ।