Swornakshar Logo

मन्दिरमै जन्मियो बच्चा

सप्तरी । ४ मङ्सिर । राजविराजस्थित राम मन्दिरमा आज साँझ एक महिलालेबच्चा जन्माएकी छिन् ।

स्वास्थ्य जाँच गराउन सदरमुकाम आएकी रुपनी गाउँपालिका–३ कटैयाका रामबाबु मुखियाकी श्रीमती इनरवती मलाहिनले मन्दिरमै शिशुलाई जन्म दिएकी हुन् । स्वास्थ्य जाँच गराएर घर फर्किने क्रममा साथै आएकी जेठानी राजकुमारीले उनलाई एकै क्षण बस्न भन्दै किनमेल गर्न बजार गएकी थिइन् ।

सोही बेला सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान नपाउँदै बच्चा जन्मीएको बिसोलाल यादवले बताए । मन्दिरमा भर्जनकीर्तन गरिरहेका भक्त महिलाको सहयोगमा उनले शिशु जन्माएको थिइन। भजनकीर्तन गरिरहेका भक्तजन र स्थानीयवासीको सहयोगमा बच्चा तथा आमालाई गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको छ ।