Swornakshar Logo

पप्पु कन्स्ट्रक्सनलाई ठेक्का नदिन निर्देशन

४ मंसिर ।

काठमाडौं । पप्पु कन्स्ट्रक्सनलाई तत्काल नयाँ ठेक्का नदिन सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्देशन दिएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना नै प्रकाशित गरेर पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्का नदिन भनेको हो ।
सिक्टा सिंचाइ आयोजना बाँकेले कोस्टल पप्पु जेभी तीनकुनेलाई कालो सूचीमा राख्न भन्दै कात्तिक २६ गते सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखेको थियो ।
पत्रको अध्ययनले पप्पुलाई थप ठेक्का दिँदा हानी हुने भन्दै तत्काल नदिन कार्यालयले निर्देशन दिएको हो ।

पप्पुको कामले देश विकासमा बाधा पुग्ने र जनताको जीवनस्तरमा नै असर पर्ने निर्णय कात्तिक ३० गते अनुगमन कार्यालयले गरेको थियो । सोही निर्णअनुसार पप्पुलाई सार्वजनकि खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम २ बमोजिमको सो निर्माण व्यवसायीको कालोसूची सम्बन्धी कारबाही प्रक्रिया टुङ्गो नलागेसम्म खरिदकार्यमा सहभागी नगराउन सार्वजनिक खरिद अनुगमन कार्यालयले भनेको छ ।
पप्पुले ठेक्का पाएको हरेक क्षेत्रमा चरम लापरबाही भएको भन्दै विरोध हुँदै आएको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकको भवन निर्माणमा प्रस्ताव हालेको पप्पुको ठेक्काको विषय पनि विवादित बनेको छ ।