Swornakshar Logo

स्थानीय तहहरु जनप्रतिनिधि विहिन

३ मंसिर ।

काठमाडौं । नेपाल सरकारले करिब २० बर्ष पछि स्थानीय तहको निर्वाचन २०७४ साल बैशाख ३१ गते बाट सुरु गरेको थियो । त्यसको डेढ महिना पछि असार १४ गते दोस्रो चरणको निर्वाचन भएको थियो । राज्यको पुन संरचना गरेर अहिले स्थानीय तहको संख्या ७ सय ५३ छन् ।

निर्वाचन भएको करिब डेढ बर्षमा स्थानीय तहहरु जनप्रतिनिधि विहीन बनेका छन् । विभिन्न कारणले रिक्त रहेका स्थानीय तहहरुमा अहिलेसम्म जनप्रतिनिधिको निर्वाचन हुने छाँटकाट देखिदैन । आजको मितिसम्म करिब करिब २९ स्थानमा पद रिक्त भएको छ ।

यहि साउन १ गते धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मृत्यु भएको थियो । उनको मृत्यु भएको ४ महिना पुरा भएको छ । तर सरकारले अहिलेसम्म उपनिर्वाचनमा चासो लिएको देखिदैन । संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको जिप दुर्घटनामा परि पुषमा निधन भएको थियो । खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका ३ सामाटारमा दुर्घटनामा परेको थियो । उनको निधन भएको एक बर्ष पुग्नलाग्दा पनि अहिले सम्म उपनिर्वाचन भएको छैन ।

३ नं।प्रदेशका प्रदेश सदस्य हरिशरण लामिछानेको निधन भएको पनि ६ महिना पुरा भएको छ । तर सरकारले अहिलेसम्म उपनिर्वाचनको कुनै तयारी गरेको देखिदैन । प्रदेश सदस्य हरिशरण लामिछानेको निधन बैशाख ३१ गते उपचारको क्रममा काठमाडौंको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेजमा भएको थियो । उनी रारा भ्रमण गरेर फर्केपछि मस्तिष्कघात भएको थियो । उनले भक्तपुर निर्वाचन क्षेत्र नं।१ को ९ख०बाट तत्कालीन नेकपा एमालेको तर्फबाट विजय भएका थिए ।

निर्वाचन आयोगका प्रवक्ता दीपक सुवेदी भन्छन् ‘सरकारको क्याबिनेटले निर्णय गरेपछि आयोगले निर्वाचन गराउने हो । अहिलेसम्म सरकारले उपनिर्वाचनकोलागि कुनै निर्णय गरेको छैन । सरकारले उपनिर्वाचन गराउने निर्णय गरेपछि हामीले निर्वाचन गराउने हो । त्यसको लागि आयोग सधै तयार छ ।’

उनले भने ‘आयोग त अहिलेपनि आफ्नो काम गरीरहेको छ । ७७ वटै जिल्लामा नामावली संकलन गरीरहेको छ । उपनिर्वाचन गर्नु पर्ने ठाउँमा यो मितिमा निर्वाचन गर्ने भनेर सरकारले मिति घोषणा गरेपछि निर्वाचन आयोग तयार छ । ’

सरकारका प्रवक्तालाई सरकार यो विषयमा के काम गर्दैछ भनेर बुझ्न खोज्दा फोन गर्ने बित्तिकै कहाँ उत्तर पाइनछ । पहिला स्वकिय सचिवसंग समय लिनु होस अनिमात्र फोन गर्नु होस भने ।

रिक्त रहेका स्थानीय तह

पाँचथरको हिलिहाङ गाउँपालिकाको वडा नं ७ का वडा अध्यक्षको मृत्यु भएपछि उक्त स्थानीय तह अहिले जनप्रतिनिधि बिहीन बनेको छ ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं ५ का वडाअध्यक्षको मृत्यु भयो । उनको स्थान अहिलेपनि खाली रहेको छ । उदयपुरको त्रियुगा नगरपालिकाका कार्यपालिका सदस्यको मृत्यु भएको छ । तर उनको स्थानमा अर्को मनोनित भएको छैन ।

सुनसरीको धरान उपमहानगरपालिका वडा नं। ७ का वडाअध्यक्षको मृत्यु भयो । सिरहा कल्याणपुर नगरपालिका १२ नं। वडाअध्यक्षको मृत्यु भएको छ । नवलपरासी पूर्व वङदीकाली गाउँपालिका वडा नं। ५का वडाअध्यक्षको पनि मृत्यु भएको छ । महोत्तरी वलबा नगरपालिका वडा नं। २ का वडा अध्यक्षको मृत्यु भएको छ । महोत्तरी मटिहानी नगरपालिका वडा नं। ६का वडाअध्यक्षले राजीनामा दिएका छन् ।

रामेछाप उमाकुण्ड गाउँपालिका वडा नं ५का वडा अध्यक्षको सिट खालि छ । नुवाकोट दुप्चेश्वर गाउँपालिका १ नं वडाका वडाअध्यक्ष सुनबहादुर तामाङ मानव बेचबिखनको मुद्दामा जेल परेका छन् । उनलाई सिआइबीले वडा कार्यलयबाट नै गिरफ्तार गरेको थियो । उनी बिरुद्ध उनकै वडाका तीन जना पीडित महिलाले सिआइबीमा किटानी जाहेरी दिएकि थिइन । उनले भारतको विभिन्न चार वटा स्थानमा कोठि ९यौन गृह ० संचालन गरेको आरोप छ ।

मकवानपुर राक्सीराङ गाउँपालिकाका गाउँपालिका सदस्य प्रदेश सभामा निर्वाचित भएपछि राजीनामा दिएका छन् । त्यस्तै यहि जिल्लाको मनहरी गाउँपालिकाका कार्यपालिका सदस्यको मृत्यु भएपछि उक्त स्थान रिक्त रहेको छ ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिकाका कार्यपालिका सदस्य जिल्ला समन्वय समितिमा निर्वाचित भएका छन् । उनको स्थानमा अझै नियुक्ति भएको छैन ।

अर्घाखाँचीको मालारानी गाउँपालिका ४ नं। वडाअध्यक्षको पनि मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिकाका कार्यपालिका सदस्य जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि उक्त स्थान खालिरहेको छ । प्युठानको ऐरावती गाउँपालिकाका २ नं वडाका वडाअध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित भएकाका छन् । त्यहि गाउँपालिकाको ९ नं। वडाका वडाअध्यक्षको मृत्यु भएको छ ।

डोटीको आदर्श गाउँपालिका वडा नं।२ का वडाअध्यक्षको पनि मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिकाका ५ नं वडाअध्यक्षको पनि मृत्यु भएको छ । बैतडी दोगकाडेडार गाउँपालिका ४ नं। वडाका वडाअध्यक्षको पनि मृत्यु भएको छ । कन्चनपुरको पुर्नवास नगरपालिका ३ नं वडाका वडाअध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित भएका छन् । संखुवासभाको खादवारी नगरपालिका ३ नं।वडाका वडाध्यक्षको मृत्यु भएको छ । वैतडीको दोगकाडेडार गाउँपालिकाको ३ नं।वडाका अध्यक्ष जिल्ला समन्वयन समितिमा निर्वाचित भएका छन् ।

काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका ३ का वडाअध्यक्षको मृत्यु भएको छ । जाजरकोट छेडागाडाका वडा नं। ७ का महिला सदस्यले राजीनामा दिएका छन् । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका ८ नं वडाका वडाअध्यक्ष धनबहादुर श्रेष्ठको पनि मृत्यु भएको छ ।

मेयरको कार्यकाल एक बर्ष अथवा त्यो भन्दा बढी हुँदा नै मृत्यु भएमा पुन उपनिर्वाचन हुने व्यवस्था संविधानमा छ । सविधानको धारा २१६मा नगरपालिकाको प्रमुख अथवा उपप्रमुखको एक बर्ष अथवा त्यो भन्दा बढी समय भन्दा पहिला नै मृत्यु भएमा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ । त्यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्षको हकमा पनि संविधानको उपधार ९मा उल्लेख गरेको छ कि उपनिर्वाचन हुने छ भनेर ।