Swornakshar Logo

आँसु झार्दै सम्झे छोरा प्रकाशलाई प्रचण्डले

३ मंसिर ।
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँसु झार्दै छोरा प्रकाश दाहाललाई सम्झेका छन् । प्रकाश दाहालको प्रथम स्मृति दिवस आज आफनै निवास खुमलटारमा आयोजना गरिएको कार्यक्रममा उनले सम्बोधन अवधि सम्म भावुकहुँदै छोरा सम्झी रहे ।

गत वर्ष आजैका दिन ह्दयघातका कारण प्रकाशकोे निधन भएको थियो । प्रकाश छोटो समयमा नै परिपक्क भएको र मेरो काममा सधैं सहयोग गर्दै आएको प्रचण्डले बताए ।

जसरी गतवर्ष नर्भिक अस्पतालदेखि आर्यघाट सम्म तपाईहरुको साथ सहयोग रह्यो त्यसरी नै आजको कार्यक्रमको सहभागिताले मेरा परिवारमा शोकलाई शक्तिमा बदल्ने सहयोग पुगेको प्रचण्डले भने ।

प्रकाशको सम्झनामा स्मारिक विमोचन उपराष्ट्रपति,प्रधानमन्त्री र प्रचण्डले संयुक्त रुपमा गरेका छन् । प्रकाश र ज्ञानुको नाममा परिवारले प्रज्ञा स्मृति प्रतिष्ठान स्थापना गरेका छन् र यसलाई कानुनी मान्यता प्रदान गरेर आगामी दिनमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने उनले भने । फोटोमा पुष्प अर्पण गरि श्रदासुमन व्यक्त गदै कार्यक्रम समापन भयो ।