Swornakshar Logo

प्रदेश ३ मा निर्माण भएका कानुन र कार्यन्वयनको अवस्था बारे हेटौंडामा अन्तरक्रिया

३० कार्तिक । हेटौडा । तीन नंम्बर प्रदेशको प्रदेश सभाबाट निर्माण भएका कानुन र सो को कार्यन्वयनको अवस्था बिषयमा आज यस प्रदेशका स्थानिय तह र प्रदेश सभाका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया कार्यक्रम भएको छ । प्रदेश सभा सचिवालयको आयोजनामा अहिले सम्म निर्माण भएका कानुन र कार्यन्वयन बिषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उध्घाटन् गर्दै तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीन तहका सरकार बिचमा सहकार्य गरेर काम गर्न सकिने बताए। सरकार आफै भएपछी अरुलाई दोस देखाएर भन्दा पनि आफैले काम गर्ने बेला आएको बताउँदै पौडेलले भने ‘समृद्ध नेपाल निर्माण गर्ने जिमेवारी सिंहदरबारलार्ई देखाएर भन्दा पनि आफुहरु सबै मिलेर पुरा गर्नुपर्ने छ । यसका लागि सबै मिलेर काम गर्ने बेला आएको छ ।’
प्रदेश सभाबाट निर्माण भएका कानुनहरु कार्यन्वयनको चरणमा पुगेको र धेरै भन्दा धेरै कानुनहरु निर्माण गर्ने चरणमा प्रदेश सरकार रहेको उनले बताए ।

कार्यक्रममा तीन नंम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जनतालाई अधिकार दिनेगरी धेरै कानुन निर्माण भएको बताए । अहिले शुसाषन र पारदर्सीताका लागि काम गरिरहेको उनको भनाई छ । स्थानिय तहमा भएका छलफल र सुझाबपछी कानुन निर्माण गर्नका लागि थप सह हुने उनको भनाई छ । कार्यक्रममा तीन नंमबर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले प्रदेश सभाबाट पास भएका, समितिमा छलफल भएका र अब बन्दै गरेका कानुनका बिषयमा जानकारी गराए। प्रदेश सभाबाट ९९ वटा कानुन निर्माणको सुचि बनाएर काम गर्नका लागि आफुहरु तयार रहेको बताए । स्थानिय सरकार र प्रदेश सरकार संचालनका लागि सजिलो होस भन्ने उद्देस्यले कानुन निर्माण गरेर अगाढी बढ्न लागिएको कानुन मन्त्री जमरकटेलले बताए ।

कानुन निर्माणको क्रममा आफ्नो मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको उनले बताए । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भूमि ब्याबस्था, कृर्षि तथा सहकारी मन्त्री दावा दोेर्जे लामा, उपसभामुख राधिका तामाङ, सांसदहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, यस प्रदेशका मुख्यन्यायधिबक्ता सूर्यचन्द्र न्यौपाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुुडासैनी, प्रदेश सभाका सचिब भरत बुढाथोकी लगायतकाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मकवानपुरका सबै स्थानिय तहका वडा देखि गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।